दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दी विजेता बनेका छन् ।
व्यास नगरपालिका–३ स्थित खेलमैदानमा सम्पन्न फाइनल खेलमा पर्वतलाई ३–१ सेटले पराजित गर्दै तनहुँले पुरुषतर्फ उपाधि जितेको हो । प्रतियोगितामा नवलपुरले गोरखालाई ३–१ सेटले हराउँदै तेस्रो स्थान हासिल गरेको छ ।
महिलातर्फ म्याग्दीले कास्कीलाई ३–१ सेटले पराजित गर्दै उपाधि आफ्नो नाममा पार्दा पर्वत तेस्रो बनेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?