दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ । राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्तिले आइतबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै शाहको जन्म जयन्तीमा राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदाको घोषणा गर्न माग गरेका हुन् ।
‘राष्ट्र एकीकरणका नायकलाई कुनै पनि वाद, विवाद र सिद्धान्तभन्दा माथि राखेर उहाँको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वासमाथि चोट पुग्दैन, तसर्थ आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन पर्ने ज्ञापन पत्र उल्लेख गरेका छन् ।
यसअघि २०७४ सालमा देउवाले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका थिए । तर, पछि केपी ओली नेतृत्वको सरकारले त्यसलाई केटौती गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?