दमौली : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको जिल्ला अधिवेशन नजिकिए सँगै चुनावी सरगर्मी बढेको छ। तनहुँ जिल्लामा नेपाल शिक्षक संघ सँग समर्थित करिब २८०० मतदान छन्। नेपाल शिक्षक संघको विधान अनुसार साधारण सदस्यले समेत जिल्ला अधिवेशनमा मतदाताको रुपमा भाग लिन पाउनेछन्। कांग्रेसको राजनीतिमा समेत प्रत्यक्ष्य प्रभाव पार्ने शिक्षकहरुको चुनाव विगत देखि पार्टीले निकै चासो दिएर हेरेको पाइन्छ। निकै तामझमका साथ हुने शिक्षक संघको चुनावमा यसपाली पनि निकै रोचक र कसाकासी हुने अनुमान गरिएको छ।
निजामती कर्मचारी सरह सेवा सुविधाको माग गर्दै आएको शिक्षकहरुको मनोभावना अनुरूप सर्वोच्च अदालतमा आफ्नो अगुवाइमा रिट दायर गरेका रमेश बाबु भट्टराई अरु प्रतिष्पर्धी भन्दा निकै अघि र चर्चित रहेको शिक्षक वृतमा चर्चा रहेको छ।२०७८ असार २३ गते सर्वोच्चमा रित दायर गरेको भट्टराईको मुद्दाको पेशी २०७८ चैत्र ७ लागि तोकेको छ। आफ्नो पक्षमा र आम शिक्षकको पक्षमा अदालतले फैसला गर्नेमा ढुक्क रहेको भट्टराई बाल विकास शिक्षक र विद्यालय कर्मचारीको पनि आशाको केन्द्र बिन्दु रहेको छन्। उनकै अगुवाइमा बालविकास शिक्षक र विद्यालय कर्मचारी तलबमान वृद्धि भएको टिप्पणी सत्यवती माध्यमिक विद्यालयको बाल विकास शिक्षक सरु तिमिल्सिनाका दाबी रहेको भट्टराई रहेको छ ।
विभिन्न सामाजिक कार्यमा आबद्ध भट्टराई रत्न माविका प्र.अ स्थायी शिक्षक हकहित मञ्चमा केन्द्रीय संयोजक समेत हुन । उनका अगुवाइमा भएका विभिनन्न शिक्षक व्यक्तित्त्व समेत सहभागी हुने गरेको थियो । मोडालिटी र लोकप्रियता को हिसाबले उनले सञ्चालन गरेको भर्चुवल तालिम देशभरकै उत्कृष्ट साबित भएको थियो।
एजेण्डमा अविचलित , निडर र स्पष्ट वक्ताको छवि बनाएको शिक्षक भट्टराई हाल शिक्षकसंघको प्रदेश प्रतिनिधि पनि हुन। मन्त्रालय र शिक्षाका हेरेको निकायमा प्रत्यक्ष पहुंच पुर्याउन सक्ने भट्टराई आम शिक्षक केन्द्र विन्दु हुन। अन्य शिक्षक संघका आकाक्षि भरत काफ्ले, उपेन्द्र विष्ट र ज्ञनेन्द्र न्यौपाने भन्दा शिक्षक हितमा अविचलित रूपमा लागेका रमेश बाबु भट्टराईको जीत सुनिश्चित रहेको शिक्षक वृतमा चर्चा छ। पार्टीको प्रत्यक्ष हस्तक्षेप जस्तै देखिने शिक्षक संघको चुनावमा आफू कुनै गुटमा नलग्नी आम शिक्षक उम्मेदवार रहेको उनको दावी छ।”म आम शिक्षकहरुको उम्मेदार हो । पार्टीको नेताको आशीर्वाद नभई शिक्षकहरुको आशीर्वाद र आग्रह अनुसार आफू चुनाव होमिएको हुँ ” उनले भने ।
शिक्षक पेशलाई सम्मानित गर्न, सेवा सुविधाको सुनिश्चित गर्न अस्थायी राहत इसिडी विद्यालय कर्मचारीहरुको स्थायीत्व गर्न शिक्षकको मर्यादा कायम गर्न निर्माण गर्न र निजामती कर्मचारी र शिक्षक बीच रहेको विभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको भट्टराई तर्क छ। आम शिक्षकको मनमा बस्न सफल शिक्षक पेशागत अभिवृद्धि का र गुणस्तरीय शिक्षा प्रदानका लागी अथक यात्री रमेश बाबु भट्टराईको उम्मेदवारीले इच्छुक उम्मेदवारीहरुको पनि मनोबल गिरेको आम शिक्षक वृता चर्चा रहेको छ ।
शिक्षक संघको तनहुँको जिल्ला अधिवेशन आउदो फागुनको १३ र १४ हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?