दमौली : तनहुँबाट अबदेखि विद्युतीय राहदानी सेवा लिन पाउने भएको छ ।जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिएका हुन्।
पहिलो चरणमा दैनिक १० जनालाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको अहिले सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए । प्रशासनले पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी प्रदान गर्न शुक्रबारदेखि सेवा सुरु गरेको छ ।
विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र वा यसको १० अङ्कको नम्बर अनिवार्य गरिएको छ । त्यसैले सर्वसाधारणले पहिला राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने छ ।जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि नियमित रुपमा काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?