दमौली : तनहुँ जिल्लाको व्यास नगरपालिका वडा-११ मा रहेका अमरसिंह मावि मा अध्ययन गर्ने ३७ जना विद्यार्थीलाई चिसोबाट बच्नका लागि न्यानो कपडा स्विटर र स्टेशनरीका सामाग्री वितरण गरिएको छ ।
सृजनशिल बाल बिकास कार्यक्रमको सहायतामा व्यास -११ मा रहेको अमरसिंह मावि अध्ययनरत ३७ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण तथा स्टेशनरीका सामाग्रीगरिएको सस्थाका अध्यक्ष धनु गिरीले बताए । आर्थिक रुपले पिछडिएका एवम् जेहेन्दार विद्यार्थीहरुका लागि चिसो मौसममा पनि अध्ययनका लागि सहज होस् भनेर न्यानो कपडा स्विटर वितरण गरिएको उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि व्यास -११ का वडा सदस्य हेरम्ब जंग अधिकारीले भने, ‘जाडोको समयमा भएको न्यानो कपडाको सहयोगले वालवालिकाहरु लगाएत अभिभावकहरुपनि खुसी भएका छन् । यस अघि पनि सस्थाका सुपर भाइजर नवराज गिरी को पहलमा विद्यालयलाई आर्थिक तथा जिन्सी सामग्रीहरु सहयोग गर्दै अएको बताए ।
चिसो बढ्दै गइरहेको समयमा आर्थिक रुपले पिछडिएका एवम् जेहेन्दार विद्यार्थीहरुलाई स्विटर वितरण गरेकोमा सहयोगी संस्था प्रति विद्यालयका प्रधानाध्यापक बाबुराज वाग्लेले धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा सस्थाका निर्देशक शंकर पन्थ लगायत विद्यालयका शिक्षकहरुको उपस्थित रहेको शिक्षक दल बहादुर थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?