एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्यादेखिएपछि ओलीको  सुरुमा एन्टीजेन परीक्षण गरिएको थियो । परीक्षणमा पोजेटिभ देखिएपछि ओली दम्पतीले पीसीआर परीक्षण समेत  गरेको हुन् ।

पीसीआर परीक्षणको  रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमै होम आइसोलेसनमा बसिरहेका  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?