थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं:पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?