
दमौली : तनहुँको दमौलीमा कोभिड–१९ को जोखिम पुनः बढ्न थालेपछि सर्वसाधारणलाई मास्क अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय,पत्रकार महासंघ र व्यास नगरपालीका लगायतले दमौली बजारका सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गर्दै ‘तपाईंको मास्क खोइ’ अभियान सञ्चालन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल को नेतृत्वमा मास्क अनिवार्य अभियान चलाइएको हो । कोभिड–१९ को तेस्रो चरणमा बिरामीको संख्या केही दिन यता बढेको देखेर बजारलाई अनुगमन कडा गरेको छ । तर, कडा भएपनि सर्वसाधारण बिना माक्स हिड्डुल गर्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै मास्क अभियान थालिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सर्वसाधारणहरूले मास्क लगाउन अटेर गरेको, भिडभाड बढी गर्ने गरेको पाइएपछि माक्स अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।प्रजिअका अर्यालअनुसार कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्न थालेपछि मास्क लगाउन आग्रह गर्नुपरेको हो । नागरिकले मास्क लगाउन अटेर गरेको पाइएको हुँदा पुनः सबैले मास्क लगाउन, भीडभाड नगर्न प्रसाशनले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?