दमौली : तनहुँ जिल्लामा आज थप ७१ जना कोरोना (कोभिड–१९) संक्रमित भएको छ । स्वास्थ्य निर्देशनालय पोखराको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा शनिवार जिल्लामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा जिल्लामा ४२ जना पुरुष र २९ जना महिला गरि ७१ जना संक्रमित थपिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?