सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् ।
यसअघि आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु चौतर्फी दबावपछि जेठमै चुनाव गर्न तयार भएका हुन् ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् ।
स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?