दमौली : व्यास नगरपालिकाले नगर अन्तर्गतका सबै बिद्यालयका विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउने भएको छ ।
१४ वटै वडाका १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई पुस १३ गते सम्म पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिने साथै हाल नलगाएकालाई पनि खोप लगाउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
विद्यालयमै तोकिएको खोप केन्द्रबाट नगरपालिका अन्तर्गतका विद्यालयबाट भोलि माघ १७ देखि २१ गते सम्म संचालन गर्नेछ । नगरपालिकाले सबै खोप केन्द्रमा स्वास्थ्यकर्मी तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?