सेयर बजारमा उत्साह, एकै दिन १०५ अंकले बढ्यो नेप्से

आज साताको पहिलो दिन सेयर बजारमा उत्साह छाएको छ। गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार १०५.५५ अंकले बढेर २८८५.५३  बिन्दुमा उक्लिएको छ।

गत साता पाँच कारोबार दिनमा समग्र नेप्से परिसूचकमा १५१.६१ अंकले गिरावट आएको थियो। आज समग्र नेप्से ३.८ प्रतिशतले बढेको छ। आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १९.८१ अंकले बढेर ५३८.५३ बिन्दुमा पुगेको छ।

आज सबैभन्दा धेरै विकास बैंक उपसमूहको सेयर मूल्य उकालो लागेको छ। यस समूहको सेयर मूल्य आज ६.५६ प्रतिशतले बढेको छ।

यसैगरी आज लगानी समूहको सेयर मूल्य ६.३६ प्रतिशत र फाइनान्स समूहको सेयर मूल्य ६.३४ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?