चार विधेयक पारित गर्दै व्यासको ३५ औं नगरसभा सम्पन्न

दमौली :तनहुँको व्यास नगरपालिका चार  विधेयक परित गर्दै आफ्नो ३५ औं नगरसभा सम्पन्न गरेको  छ । नगरसभाले आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८,कर्मचारी सेवा व्यवस्थापन २०७८, संशोधन गरेको र स्थानीय बजार व्यवस्थापन विधेयक २०७८ ,सुशासन विधेयक २०७८, खेलकुद विकास विधेयक २०७८, कर्मचारी कल्याण कोष सञ्चालन(कार्यविधि) २०७८ विधेयक पारित गरेको हो ।

व्यास नगरपालिका नगर प्रमुख श्री वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको ३६ औं नगरसभा  रित नीति कार्यक्रमको  प्रमुख न्यौपानेबाट प्रस्तुत समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरिएको थियो । सभाबाट पारित वजेट तथा कार्यक्रम उप-प्रमुख श्री मीरा जोशी बाट प्रस्तुत गरेको संशोधित वजेट तथा कार्यक्रम संशोधन सहित पारित गरिएको छ ।

नगर सभाको समापनमा नगर सभासद् बसुन्धरा घर्ति, विश्वराज न्यौपाने, सुर्यभक्त भण्डारी, प्रमुख प्रशासकीय अधिकृत श्री डिल्लीराम सिग्देल, उप-प्रमुख श्री मीरा जोशी र नगर प्रमुख श्री वैकुण्ठ न्यौपाने बाट समिक्षात्मक मन्तव्य व्यक्त गर्नु भएपछि सभा समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?