गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन पृथ्वीसुब्बा गुरुङ नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त भएका  छन्।

मुख्यमन्त्री गुरुङलाई संविधानकाे धारा १६८ काे उपधारा ३ बमाेजिम प्रदेश प्रमुख सीताकुमारी पाैडेलले पद तथा गाेपनीयताकाे शपथ खुवाएकी हुन् । ।

गुरुङले तीन दिनअघि राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान  गरेकी थिइन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?