साहित्यकार खतिवडाको एक उत्कृष्ट कविता ‘आमा’

ज्ञान दिने बुद्धि दिने, देवी सरस्वती

अन्धकार हटाइ देऊ, देऊ ज्ञानको ज्योति-२ ।

सिद्धलक्ष्मी, सोमलता नाम कति कति

चिन्तन मनन गर्न सके खुल्छ हाम्रो मति ।

हामी सिक्छौँ,हामी बुझ्छौँ, असल मान्छे बन्छौँ

आदरणीय गुरुजनको सधैं आदर गर्छौं ।

काक्रे विहार, पशुपति, पाथीभरा धाम

गौतम बुद्ध यही जन्मे ठुलै यिनको नाम ।

उग्रतारा, मुक्तिनाथ यही हाम्रो ठाउँमा

नेपाल आमा हसाउँनुछ कर्म गरी गाउँमा ।

हिमालवाट बग्दै आउने काली सेती गङ्गा

ज्ञानको ज्योति भरेर नै जीवन हुन्छ चङ्गा ।

मालिका र लुम्बिनीलाई सधैं गरौँ मान

गौरव गरौँ बढाउँनेछ यसले सबको शान ।

ज्ञान दिने बुद्धि दिने, देवी सरस्वती

अन्धकार हटाइ देऊ, देऊ ज्ञानको ज्योति ।।

पुष्पराज खतिवडा

झापा, हाल: दमौली, तनहुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?