कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकालाई सिफारिस गरेको छ ।आज बसेको सीसीएमसीसीको बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।
फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको छ । सीसीएमसीसीकी प्रवक्ता नेपालका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो ।
पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो । सरोकारवालाहरुले पनि विद्यालय खोल्न सरकारलाई आग्रह गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?