त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो । यसअघि सरकारले पनि फागुन १ गतेदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?