दमौली :तनहुँका विद्यालयहरु फागुन १ गते भोलि देखि भौतिक उपस्थितिमै खोलिने भएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहिवार आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न भनेको हो ।
शैक्षिक संस्थासंगै सपिङ मल, सुपरमार्केट पनि खोल्न पाइने छ । सिनेमा हल, डान्स बार, दोहोरी साँझ, जिमखाना, फुटसल ब्युटीपार्लर लगायतका बढी भिडभाड हुने क्षेत्रहरुमा ५० जना भन्दा बढी जम्मा हुन नपाइने प्रशासनले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?