आज सबै समूहको शेयर बढेर हरियो

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५३ अङ्कभन्दा धेरैले बढेको छ । हिजो सोमवा सामान्य बढेको नेप्से आज ५३ दशमलव तीन अङ्कले बढेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर हरियो भएकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजार खुलेदेखि दिउँसो २ बजेसम्म सामान्य घटबढ भएको नेप्से २ बजेपछि तीव्र गतिमा उकालो लाग्न थालेको थियो । २ बजे दुई हजार सात सय आठ विन्दुमा रहेको नेप्से तीन बजे दुई हजार सात सय ५३ विन्दुमा पुगेर बन्द भएको छ ।

आज दुई सय २४ कम्पनीका ६३ लाख ४३ हजार कित्ता शेयर तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २२ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?