
दमौली : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका कम्युनिष्ट पार्टीले भोली फागुन ४ गते नेपाल बन्दको आव्हान गरेको छ । ‘राष्ट्रघाती एमसिसि सम्झौताको विरुद्धमा’ भन्दै पार्टीले नेपाल बन्द गर्न लागिएको विप्लव नेतृत्व निकट युवा संगठन नेपालका तनहुँ जिल्ला इन्चार्ज नेत्र थापाले जनाकारी दिए ।
एमसिसि पास गर्न नदिन स्कुल कलेज बन्द गरि सवारीसाधन नचलाएर सहयोग गर्न इन्चार्ज थापाले अनुरोध गरेका छ्न्।
विप्लव नेतृत्वको नेकपासहित नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा माओवादी केन्द्र समाजवादी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले बन्द आब्हान गरेका हुन्।
सत्ता गठवन्धनले भोली नै प्रतिनिधि सभामा एमसिसि सम्झौता टेबुल गर्ने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?