नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो ।
काठमाण्डौको जितमा २१ औं मिनेटमा विदेशी खेलाडी मेसौके ओलोमोउले गोल गरे । खेल अवधिभर धनगढीले गोल गर्ने उत्कृष्ट मौका बनाए पनि सदुपयोग गर्न सकेन ।
आजको जितसँगै काठमाण्डौले प्रतियोगितामा धनगढीसँग दुईपटक हारेको बदला पनि लिएको छ । आजको खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्जाेङ र विकेश कुथुबीचको प्रतिस्पर्धाका रुपमा पनि लिइएको थियो, जसमा कुथुले बाजी मारे । प्रतियोगिताको विजेता काठमाण्डौले ३५ लाख रुपैयाँ र उपविजेता धनगढीले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?