औषधिजन्य बाहेक सम्पूर्ण क्षेत्र बन्द गर्न व्यास नगरपालिकाद्वारा डीसीसीएमसी लाई सिफारिस ।

तनहुँको व्यास नगरपालिकामा कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा वृद्धि हुँदै गएपछि  औषधिजन्य व्यवसाय बाहेकका अन्य सम्पुर्ण व्यवसायहरु केहि समयका लागि  पुर्ण रुपमा बन्द गर्न व्यास नगरपालिकाद्वारा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र लाई सिफारिस गरेको छ ।

आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले नगरक्षेत्रभित्र सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएकाले केही समयका लागि  औषधिजन्य व्यवसाय बाहेक सबै क्षेत्र बन्द गर्न डीसीसीएमसी लाई अनुरोध गर्ने निर्णय गरेको हो ।

कोभिड-१९ का  बिरामीहरुको मृत्यू हुने क्रम बढी रहेकाले जात, धर्म, संस्कार अनुसार मृतकहरुको व्यवस्थापन गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सहयोग लिई स्थानीय टोल संस्था समेत संग सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

 व्यास नगरपालिका क्षेत्र भित्रका कतिपय रुघा, खोकि तथा ज्वोरोका विरामिहरुले पिसिआरको दायरामा आउन आनाकानी गरेको भन्ने गुनासो आएकाले सम्पुर्ण टोल विकास संस्थालाई परिचालन गरि आफ्नो टोल छिमेकमा त्यस्ता प्रकृतिका विरामिहरु देखिएमा तुरुन्त यस नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी पिसिआर  परिक्षण गर्न गराउन सम्बन्धित वडा अध्यक्षले आवश्यक समन्वय तथा सहयोग गर्ने समेत निर्णय भएको श्रेष्ठले बताए ।

उक्त बैठकले   व्यास न.पा वडा नं १२ का घरमा बस्ने वातावरण नभएका संक्रमितहरु लाई छिर्कने स्थित वन कार्यालय भवनलाई उपयोग गर्ने कार्यका लागि जिल्ला वन कार्यालय, तनहुँलाई अनुरोध गरेको छ ।

नगरपालिकाका मुल कार्यालय र वडा कार्यालयहरुबाट प्रवाह हुदै आएका नियमित सरसफाई, वारुण यन्त्र र स्वास्थ्य सम्बन्धी सेवाहरु बाहेकका अन्य सम्पुर्ण सेवाहरु जेठ १० गते सम्म बन्द गर्ने निर्णयगरेको छ । 

विज्ञप्ति: 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?