नेपाल र क्यानाडाको समुहको अन्तिम खेल सुरु हुंदै नेपालले टस हरेर बालिंङको निम्तो पाएको छ।  

नेपालले ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गतआज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ।

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे  बाट खेलसुरु भएको हो। यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्ने लक्ष्य रहनेछ।

पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले बिजय रहेको थियो ।

नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा छ। क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।

यदि नेपाल क्यानडासँग पराजित भएमा र ओमानले फिलिपिन्सलाई हराएमा तीन टोलीको समान अंक हुनेछ र त्यसमा नेट रनरेट निर्णायक बन्नेछ ।नेपाल रहेको समूह ए को अर्को खेलमा भने ओमानले फिलिपिन्ससँग खेल्दैछ।

समूह  बि को अएरल्याण्डले जर्मनीलाई हराउंदै समूहको शीर्ष स्थानमा रहंदै सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ। समूह बि को अर्को युएई बहराइन बीच भएको थियो ।उक्त खेलमा युएई बहराइन संग पराजित भएता पनि रनरेटको आधारमा युएई पनि सेमिफाइनलमा पुग्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?