सर्वाेच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ ।
सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिटलाई सर्वाेच्चले दरपीठ गरेको हो ।
संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वाेच्चले सो रिटलाई दरपीठ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?