काठमाडौं:प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।
तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको स्रोतले जानकारी दिए ।
बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?