वीरेन्द्रनगरमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

वीरेन्द्रनगर :सुर्खेतकाे वीरेन्द्रनगरमा लगाइएकाे कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । एमसीसीको विराेधमा हिजाे साेमवार आह्वान गरिएको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजाे सवा ८ देखि आज मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो ।

अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए  ।रिजालले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताए  ।

प्रजिअ रिजालका अनुसार मंगलगढी चोक, यरीचोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा क्षेत्र तोकिएको र यी ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।

एमसीसीकाे विराेधमा हिजाे प्रदर्शन भएका क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?