काठमाडौँ : सरकारले भोलि ग्यल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
साथै गण्डकी प्रदेश सरकारले यस अघि पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?