
काठमाडौं:स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ जारी रहेको छ। आगामी वैशाख ३० गतेका लागि तय भएकाे निर्वाचनका लागि दर्ता भएका ८० दलका बारेमा आयोगले जाँचबुझ गरिरहेको हो।
आयोगका सहसचिव एवं प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ गरिसकेपछि फागुन २६ मा अन्तिम नामावली प्रकाशन गरिनेछ।
स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरिसकेको उल्लेख गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि आह्वानसमेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?