काठमाडौं : सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुने १४ जना र घाइते ५ जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सात घुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।
मृतकको विवरण यस प्रकार छ :-
१. सङ्खुवासभा मादी न.पा. -६ बस्ने बर्ष ३० की सिता बि.क.
२. सङ्खुवासभा मादी न.पा. -६ बस्ने बर्ष ३२ की अञ्जना कटुवाल
३. सङ्खुवासभा मादी न.पा. – ५ बस्ने बर्ष ४९ को भवानी प्र. दाहाल
४. सङ्खुवासभा मादी न.पा. – २ बस्ने बर्ष ४२ को इन्द्र अधिकारी
५. सङ्खुवासभा मादी न.पा. – ६ बस्ने तुलसा कटवालको छोरी बर्ष ५ कि दीक्षा कटवाल
६. सङ्खुवासभा मादी न.पा. – ४ बस्ने बर्ष ६० को बल बहादुर कार्की
७. सङ्खुवासभा मादी न.पा. – ४ बस्ने बर्ष २८ की सबिता कार्की
८. सङ्खुवासभा मादी न.पा. – ५ बस्ने बर्ष ४८ को दिपक कुमार दाहाल
९. ताप्लेजुङ बस्ने बर्ष ३१ की समीक्षा योञ्जन ।
१०. ताप्लेजुङ बस्ने समीक्षा योञ्जनको छोरा बर्ष ८ को सुदिप घिसिङ
११. सङ्खुवासभा मादी न.पा. – ५ बस्ने बर्ष ५५ को श्याम शेर्पा
१२. सङ्खुवासभा मादी न.पा. – ४ बस्ने आईत बहादुर तामाङ
१३. तेह्रथुम फाक्चामारा बस्ने बर्ष ३१ को विपिन निरौला (चालक)
१४. सङ्खुवासभा मादी न.पा. – ५ बस्ने उमेश भट्टराई (सह-चालक)
घाइते भएका मानिसहरूको विवरण :-
१. सङ्खुवासभा मादी न.पा. – ६ बस्ने बर्ष ५० को डम्बर ब। कार्की
२. सङ्खुवासभा मादी न.पा. – ४ बस्ने उम्लिङ बस्ने बर्ष २४ की करिश्मा तामाङ
३. सङ्खुवासभा मादी न.पा. – ६ बस्ने २२ की तुलसा कटवाल
४. सङ्खुवासभा मादी न.पा. – ४ बस्ने २४ को सुवास तामाङ
५. सङ्खुवासभा मादी न.पा. – ५ बस्ने बर्ष २७ की युका पोखरेल (गम्भीर घाइते)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?