म्यादी प्रहरी भर्ना सम्बन्धि विज्ञापन आव्हान नगरिएको प्रहरी द्वारा स्पष्ट

काठमाडौँ : नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना सम्बन्धमा कुनै सूचना वा विज्ञापन आव्हान नगरिएको स्पष्ट पारेको छ । नेपाल प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो कुनै भर्ना सम्बन्धी सूचना जारी नगरिएको र सामाजिक सञ्जालमा आएको विवरण झुटो भएको बताए ।

आज प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने “म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको ब्यहोरा प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा प्रकाशित गरिने समेत प्रहरीले जनाएको छ ।  आजै मात्र सामाजिक सञ्जालमा १ लाख १८ हजार म्यादी प्रहरी भर्ना खुलेको भनी समाचार प्रकाशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?