गोरखा: गोरखा जिल्लाको विकट स्थान देउरालीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। उक्त स्वास्थ्य परीक्षण शिविरमा २ सय ३५ जनाले स्वास्थ्य लाभ लिएका छन्। जिल्लाको दुर्गम अति विकट स्थान मानिने देउराली हटियाको वडा नम्बर १४ मा भन्ने १ दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
उक्त निशुल्क स्वास्थ्य शिविरको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिती गोरखाको आयोजना र श्रीकृष्ण प्रणामी युवा परिषद गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिको समन्वय,लायन्स क्लव अफ काठमाडौंको सहआयोजना र , सप्तगण्डकी अस्पताल भरतपुर चितवनको प्राबिधिक सहयोगमा १ दिने स्वास्थ्य परीक्षण शिविर संचालन गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिका अध्यक्ष युवराज बरालले बताए । गोर्खा नगरपालिकाको ७,८ १३ र १४ नम्बर वडाका कुल २ सय ३५ जना विभिन्न रोगका विरामीहरुले स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष बरालले जानकारी दिए।
उक्त स्वास्थ शिविरमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. दिजा खनाल , शिशु,बाल तथा युवा रोग विशेषज्ञ डा दामोदर तिवारी ,छाती,मुटु,पेट रोग विशेषज्ञ डा सन्दिप पाण्डे , मेडिकल अफिसर डा आबिस्कार चापागाईं लगाएतले निशुल्क स्वस्थ्य परीक्षण सेवा दिएको श्रीकृष्ण प्रणामी मन्दिर प्राणनाथ आश्रम तनहुँका अध्यक्ष ढलकबहादुर अधिकारीले बताए ।
स्वास्थ्य परीक्षणमा महिलाहरूमा पाठेघर तल खस्ने समस्या ,शारीरिक कम्जोरी अबस्था भएका महिलाहरु बढीमात्रामा स्वास्थ्य परीक्षणका क्रममा भेटिएको बताईन। कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद्कि केन्द्रीय उपाध्यक्ष यदु वगाले , कृष्ण प्रणामी युवा परिषदका केन्द्रीय सदस्य भिम बगाले , गण्डकी लुम्बिनी सयुक्त प्रदेशका अध्यक्ष युवराज बराल, सप्त गण्डकी अस्पतालका ब्यवस्थापक सुवर्ण हमाल ,सप्त गण्डकी अस्पतालका पि,आर,ओ प्रमोद शर्मा ,डाक्टर दामोदर तिवारी ,डाक्टर सन्दिप पाण्डे ,डाक्टर दिजा खनाल ,डाक्टर आविस्कार चापागाईं,डाक्टर प्रोग्रेस शर्मा, गोरखा श्रीकृष्ण प्रणामी युवा परिषद उपस्वास्थ चौकी देउराली स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र भण्डारी लगाएतलाई निशुल्क स्वास्थ्य परीक्षण सेवा दिएको भन्दै श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल गण्डकी लुम्बिनी सयुक्त प्रदेश समितिले सम्मान गरेको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?