
दमाैली । तनहुँको व्यास नगरपालिकाको आयोजनामा व्यास –१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा जारी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा छात्रातर्फ सत्यवती माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेको छ ।
सत्यवती ४–० गोल अन्तरले विजयी हुँदै फाइनलमा प्रवेश गरेको व्यवस्थापक विद्यालय निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ चार विद्यालयको सहभागिता रहेको शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख उपसचिव नगेन्द्रप्रसाद रेग्मीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?