दमौली : नेपाली काँग्रेसको एक महिने ‘ घर घर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु गरिसकेको छ । काँग्रेस तनहुँले आफ्नो ८५ वटै वडाहरुमा ‘ घर घर जाऔं, काँग्रेस जिताऔँ’ भन्ने मुलनाराका साथ जिल्ला व्यापी आफ्नो अभियान शुरु गरेको छ। अभियानको उद्घाटन नेपाली काँग्रेसका निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले गरेका हुन।
उद्घाटनका क्रममा बोल्दै न्यौपानेले प्रत्येक काँग्रेसका क्रियाशील कार्यकार्ताहरु टोलटोलमा गएर हरेक घरघरमा शुभेच्छुक सबैको मन मस्तिष्कमा रुख चिन्नमा छाप लगाउन उत्प्रेरित गराउनुपर्ने बताए । पार्टी एउटा घर हो घरको जग भनेको टोल हो टोल मजबुत भए मात्रै वडा,नगर क्षेत्र ,जिल्ला र प्रदेश बलियो हुने धारणा राखेका थिए। चुनाव नजिकैदै आएका वेला तेरो मेरो आफनो आर्को नभनि ,गुटउपगुट नभनी सबै निश्पक्ष रुपले अगाडि बड्न आग्रह गरे ।
यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका पुर्व तनहुँ जिल्ला सभापति रघुनाथ पौडेलले काँग्रेसले घरघरमा गएर आम जनताको मनोभावना बुझ्ने र काँग्रेसले आफ्नो पार्टीको चुनाबी माहोल बनाउदै चिन्ह रुखमा मतदानगरि सबै वडाहरुमा जित सुनिश्चित गराउन घरघरमा राखिएको अभियानले अर्थपूर्ण प्रभावकारी भुमिका निर्बाह गरेको बताए । पार्टीभित्र सबै तहका कार्यकर्ताहरु एक भएर एकता ,सद्भाव र अनुशासन हनु अपरिहार्य भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य ताराप्रसाद श्रेष्ठ ,नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मी भक्त खनाल ,नेपाली काँग्रेस क्षेत्रनम्बर १( क )का सभापति श्यामकुमार मौरती, नेपाली काँग्रेस नगर सभापति सुर्य चन्द्र हड्खले,महाधिवेशन प्रतिनिधि नारायणी अधिकारी ,आदिकवि भानुभक्त क्याम्पस संचालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सेना ,नेपाली काग्रेस जिल्ला कार्य समिति सदस्यहरु गलबहादु गुरुङ र राजकुमार श्रेष्ठ लगाएतको उपस्थिति थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?