दमौली : तनहुँ जिल्लाको व्यास नगरपालिका वडा-११ मा रहेका अमरसिंह मावि मा अध्ययन गर्ने चेपाङ समुदायका २९ जना विद्यार्थीलाई झोला, जुत्ता र मोजा सहयोग गरिएको छ ।
भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कुल मर्निङ ग्रुप द्वारा व्यास -११ मा रहेको अमरसिंह मावि अध्ययनरत २९ जनाचेपाङ समुदायका विद्यार्थीहरुलाई सहयोग गरेको ग्रुपका सदस्य बालकृष्ण आलेले जानकारी दिए ।
ग्रुपका सदस्य आलेले आफू पनि दुःख गरेर पढेको कारणले गर्दा सहयोग गर्ने मन लागेको बताए । भाई बाहिनीलाई देखेर आफ्नो सानो उमेरको याद आइरहेको छ उन भने ।

आर्थिक रुपले पिछडिएका एवम् चेपाङ समुदायका विद्यार्थीहरुलाई झोला, जुत्ता र मोजावितरण गरेकोमा सहयोगी हातहरु प्रति विद्यालयका प्रधानाध्यापक बाबुराज वाग्लेले धन्यवाद दिएका थिए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर घर्तीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सस्थाका सदस्यहरु, विद्यार्थीहरु लगायत शिक्षकहरुको उपस्थित रहेको थिए।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?