आन्तिम ओभरमा नेपालको नाटकीय हार

काठमाडौं – युवा ब्याटर रोहित पौडेलको सानदार कीर्तिमानी शतकका बाबजुद नेपाल पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा ६ रनले पराजित हुन पुगेको  छ ।

पपुवा न्युगिनीले २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन मात्र बनाउन सक्यो। रोहितले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको सानदार कीर्तिमानी शतकीय इनिङ खेलेपनि टोलीको झिनो हार टार्न सकेनन् । नेपालको यो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल हो । ओडिआईमा यसअघि २०१९ मा युएईविरुद्ध २ सय ५५ रन थियो । पपुवा न्युगिनीसँग नेपालको ओडिआईमा पहिलो हार पनि हो ।

नेपाललाई जितको लागि अन्तिम ६ बलमा १० रन चाहिँएको थियो । नर्मन भानुवाले ३ रन दिँदै जित पक्का गराए । पहिलो बल योर्कर राख्दा कमलले एक रन बटुलेका थिए । दोस्रो बल सोमपालले डट खेले । तेस्रो बलमा लेग वाइको रुपमा एक रन बटुले । चौथो बल कमलले डट खेलेपछि नेपाललाई २ बलमा ८ रन चाहिँएको थियो । पाँचौं बलमा कमलले लङअफमा प्रहार गर्दै एक रन प्रहार गरे । अन्तिम बलमा जितको लागि ७ रन चाहिँएको थियो । अन्तिम बलमा सोमपालले एक रन बटुले पनि ५ रनले पराजित हुन पुग्यो ।

रोहितले ९१ बलमा ७ चौका र २ छक्का सहित नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । यसअघि २०१९ मा पारस खड्काले युएईविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर हुन् । रोहित स्पिनर असाद भालाको ४६ औं ओभरको दोस्रो बलमा मिड विकेटमा चाल्र्स अमिनीले एक हातले उत्कृष्ट क्याच लिएपछि आउट भएका थिए ।

नेपालका दीपेन्द्रले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा ८१ रन खर्चेर २ विकेट लिए । सन्दीपले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । पवन सरार्फले ५ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ९ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । दोस्रो खेल नेपालले शनिबार खेल्नेछ ।

साभार:हाम्रो खेलकुद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?