म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका वडा न.२ मा रहेको न्यु भिजन युथ क्लबको आयोजनामा एक दिने अन्तरक्रिया तथा नेतृत्व विकास तालिम समापन गरिएको छ । तालिमको एक कार्यक्रमको आयोजना गरी शनिवार सामापन गरिएको हो ।
कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिका वडा न.२ का वडा सदस्य अर्जुन कुमार श्रेष्ठले व्यक्तिहरुको नेतृत्व, क्षमता अभिवृद्धिको लागि आगामी दिनमा वडाले विगतको भन्दा ठोस योजना अगाडी ल्याउने जानकारी दिए।
क्लबका अध्यक्ष सन्दीप रानाभाटको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षक विधान रानाभाट, शिक्षक एवं समाजसेवीहरु हरि कृष्ण श्रेष्ठ ,न्यु भिजन प्रगतिशिल आमा समुहकि अध्यक्ष चन्द्र रानाभाट,क्लबका पुर्ब अध्यक्ष राजन श्रेष्ठ र न्यु भिजन प्रगतिशिल दिदि बहिनी समुहका दिदि बहिनीहरु लगायत न्यु भिजन युथ क्लबका युवाहरुको सहभागीता रहेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?