
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले एक जीबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । शनिबार आयोजित वर्ल्डलिङ्क कार्निभल २.० कार्यक्रमको अवसरमा कम्पनीले यो नयाँ प्याकेज ल्याएको हो ।
यसरी वार्षिक प्याकेज लिने ग्राहकलाई यो प्याकेज लिँदा मासिक तीन हजार तीन सय ३३ रुपैयाँ पर्न आउँछ । यो प्याकेज लिन चाहने ग्राहकले राउटरको लागि ५०० रुपैयाँ डिपोजिट राख्नुपर्नेछ ।जसमा डुअल ब्यान्ड राउटर र ड्रप वायर निःशुल्क पाइनेछ । तर यदि मेश वाईफाई सिस्टम राख्न चाहनुहुन्छ भने त्यसका लागि अतिरिक्त शुल्क लाग्ने कम्पनीले जनाएको छ । यो प्याकेजमा नेटटिभी जडान गर्न चाहेको खण्डमा एउटा सेट टप बक्स निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।
जसका लागि पाँच सय रुपैयाँ डिपोजिट राख्नुपर्ने उल्लेख छ । त्यसपछि दोस्रो एसटीबी राख्दा त्यसका लागि दुई हजार रुपैयाँ शुल्क तथा पाँच सय रुपैयाँ डिपोजिट राख्नुपर्नेछ । (टेक पानाबाट)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?