आठौं संस्करणको तनहुँ महोत्सवमा आज भीडभाड (तस्बिर सहित )

दमौली :  तनहुँ  उद्योग वाणिज्य सङ्घको आयोजनामा दमौलीको विपि वनवाटिकमा चैत १० देखि शुरु आठौं संस्करणको तनहुँ महोत्सवमा  स्थानीयवासीको आकर्षण बनेको छ ।

भिन्न भिन्न कला सांस्कृति झल्किने नाचगानकोे प्रस्तुतिले महोत्सवमा आउनेलाई मोहित बनाएको छ । एकै ठाउँबाट घरायासी प्रयोगका धेरै सामग्री किन्न पाउने भएका कारण महोत्सवस्थल भरिभराउ हुने गरेको छ ।

महोत्सवमा हाँस्य कलाकारको प्रस्तुतिदेखि गीत, नृत्य आदिले सहभागीलाई लठ्याएको छ नै, यहाँ राखिएका व्यापारिक प्रदर्शनी कक्षमा किनमेल गर्नेको भीडभाड देखिन्छ । महोत्सवको आज दशौं दिन शनिबारसमेत परेकाले दिनैभर महोत्सवस्थल खचाखच भरिएको महोत्लेसवका समितिका प्रबक्ता इम कुमार मल्लले जानकारी दिए ।

महोत्सवमा सामान्यत मनोरञ्जन लिन, सरसमान किन्नका साथै आफ्ना सहपाठी, इष्टमित्र र साथीलाई भेट्न पाइने लक्ष्यका साथ दर्शक आउने गरेको छन् । महोत्सवमा दमौली र आसपासका साथै लमजुंग, गोरखा लगायतका जिल्लाबाट दर्शक आएको उनले जानकारी दिए ।

दिनभरि मञ्चका रमाइला कार्यक्रम हेर्दै घर फर्कँदा आवश्यक सामग्री खरीद गर्ने क्रम आज बढेकाले महोत्सवस्थल व्यापारिक थलोजस्तै बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?