दमौली : व्यास नगरपालिका -१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा दिनेश विश्वकर्मा सर्वसम्मतरुपमा चयन भएको छ । सर्कलको दोस्रो अधिवेशन तथा साधारण सभाबाट दिनेशलाई अध्यक्षमा चयन गरिएको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा मिलन तामाङ ,द्धितिय उपाध्यक्षमा निशा भण्डारी, सचिवमा सुमन खड्का , सहसचिवमा अलिशा वंशी ठकुरी , कोषाध्यक्षमा रोजिना श्रेष्ठ , बोर्ड सदस्यहरुमा प्रबिना आले , सुन्दर श्रेष्ठ ,बुनु सुनाम , विकास पूरी , विविजान मिया , हरि बहादुर थापा , प्रकाश पौडेल र कविना गैह्रे चयन भएका छन्।
त्यस्तैगरि ११/१२ उपसमिति संयोजकमा लक्ष्मी रानाभाट ,उपसमिति सदस्यहरुमा ममता खड्गी , कविता आले प्रजुना श्रेष्ठ र वविता थापा रहेका छन् ।
कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेना, संस्थाको प्रमुख संरक्षक एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खले ,सहायक क्याम्पस प्रमुखहरु डा. रामकुमार अधिकारी र सागर पौडेल ,संस्थाको संरक्षक एवं क्याम्पस व्यवस्थापन विभागका प्रमुख रामभक्त घिमिरे , निर्वाचन समितिका संयोजक उपप्राध्यापक जनक काफ्ले , निर्वाचन समितिका सदस्य दीपा थापा लगातय प्राध्यापकहरुको उपस्थित रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?