
काठमाडौं : अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
यस अघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो ।
पीडित किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर उनले पटकपटक जबरजस्ती करणी गरेको अभियोग छ । पीडितका बुबाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँ र पूर्व नवलपरासीमा किटानी जाहेरी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?