उपकार लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं : उपकार लघुवित्त वित्तीय संस्थाले आज (शुक्रबार)देखि  प्राथमिक सेयर आईपीओ निष्कासन गरेको छ। लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

त्यसमध्ये ३ हजार २८१ कित्ता सेयर कर्मचारीलाई र ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।

लघुवित्तको आईपीओमा चैत २५ गते देखि फागुन २९ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे २०७९ बैशाख ९ गतेसम्म म्याद थप हुनेछ।

हाल ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी  आईपीओ निष्कासनपश्चात् ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?