गभर्नर अधिकारी निलम्बित

काठमाडौँ : सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा उनलाई निलम्बन गरिएको स्रोतले बताएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले उनी निलम्बनमा परेको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?