दमौली : व्यास नगरपालिका वडा नम्बर १० स्थित डिहिगाउँमा रहेको दाजुभाई गाई फर्मले किसानको कार्य स्थिति दर्शने गरि अनौठो कार्य गरेको छ । गाइफर्मका प्रोपाईटर रमेश तिमल्सेनाले सरोकारवाला आज सबै को उपस्थितिमा सार्वजनिक सुनवाई सम्पन समेत गरेका हुन् ।
व्यास नगरपालिकामा वडा नम्बर १० का वडा अध्यक्ष तुलसीराम सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा पोखरास्थित विकेन्द्रिकृत आयोजना सहयोग इकाईका डा. प्रकाश अधिकारी, तनहुँ जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका संगम पोखरेल, पशु विकाश शाखाका डा. मनोज वि.क, नेपाली कांग्रेस क्षेत्र नं १ का सचिव ईश्वर पौडेल, नेपाली कांग्रेस पार्टी सभापति प्रेमराज मिश्र, नेकपा एमाले वडा नम्बर १० का अध्यक्ष मदन तिमल्सेना एवं नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रतिनिधि हरिविलास अधिकारी साथै जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अमर बहादुर कुंवर, कालिका पौडेल, हरिभक्त अधिकारी, विष्णु प्रसाद अधिकारी, राजु भुजेल लगाएतका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, स्थानिय क्लव एवं आमा समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अथिति सापकोटाले आफ्नो वडामा रहेका १३४ वटा फर्म दर्ता भएकामा करिब सय वटा फार्महरुले काम गरिरहेको र व्यास नगरपालिकाले किसानको लागि दूध र मासुमा उत्पादनमा आधारित रही सहयोग गर्दै आएको जानकारी थिए।
राज्यले युवाहरूलाई आकर्षण गरी उत्पादनमुखी कृषि कार्यमा लगानी गर्दै स्वरोजगार निर्माण कार्य तर्फ लाग्नुपर्ने र कृषिमा आत्मनिर्भरताको अवस्थामा ल्याउनकालागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने सापकोटाको भनाई थियो। वैदेशिक भूमिमा कमाएको रकमलाई स्वदेशमा आएर केही गर्छु भन्ने रमेश जस्ता व्यक्तिहरूलाई थप उत्साह र सहयोग प्रदान गर्दै अगाडि बढिने भन्दै अध्यक्ष सापकोटाले यो आयोजनाले रमेशलाई थप सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए।
आयोजना ४५ लाख अनुदान सहयोग र ४५ लाख कृषकको गरी ९० लाखको लगानीमा सञ्चालन हुन लागीरहेको हो। चारवटा गाईबाट सुरुवात गरिएको यस फार्ममा हाल ६२ वटा भैसी १८ वटा पाडापाडी र ७ वटा गाई रहेका छन् यो आयोजनाले थप ५० वटा भैंसीको खरिद एवं ब्यबस्थापन त्यसकालागि भौतिक व्यवस्थापन, घांस, दानाचोक्कर, मलमुत्र व्यवस्थापन लगायतका कार्य सञ्चालनमा आउने छन्। उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा किसानहरुले भोग्नुपरेका कठिनाईहरु र त्यसका समाधानका लागि गर्नुपर्ने पहलका विषयमा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले आफ्ना विचारहरु व्यक्त गरेका थिए ।
उक्त फर्म तनहुँ जिल्लाको दोस्रो नमुना फार्मको रुपमा पर्न समेत सफल भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?