दमौली केशबटार समाजद्वारा १९ बर्षिय दुवै मिर्गौला पिडित खुस्बु रानालाई सहयोग रकम हस्तान्तरण

दमौली: तनहुँको व्यास नगरपालिका वडा नं १४ अन्तर्गत दमौली केशबटार समाजद्वारा दुवै मिर्गौला पिडित १९ बर्षिय खुस्बु राना उपचारको लागि आज सहयोग रकम हस्तान्तरण गरेको छ।

व्यास -१४ स्थित ठिन टोलका राना बिगत तीन महिना अघि दुवै मिर्गौला फेल भएका थिए । उनको उपचारको लागि बिन्दु आलेको अध्यक्षतामा  आज बिहान उनको श्रीमन कोम बहादुर थापालाई ४२ हजार ९ सय १५ रुपैंया हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा दमौली केशबटार समाजका अध्यक्ष लगाएतका सदस्य एबं सल्लाहकारहरुको उपस्थितमा रकम हस्तान्तरण भएको हो। सो अवसरमा समाजका अध्यक्ष आलेले  नयाँ वर्षको शुभाकमाना दिँदै युवाहरुको यो अभियानले साच्चै नै सरहनीय काम गरेको र अगमी दिनहरूमा पनि निरन्तर रहनेमा बिश्वास व्यक्त गरेका थिए। त्यस्तै उनले अभियानमा साथ दिने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिए।

मिर्गौला पिडित राना काठमाडौं स्थित सैनिक अस्पताल छाउनीमा डायलाइसिस गराई रहेको श्रीमन थापाले जानकरी दिएका छन् । उनले भने, डायलाइसिस निशुल्क भईरहेको छ हाप्तमा तीन चोटी डायलाइसिस गर्नुपर्छ र बिरामीको अवस्था सामान्य नै रहेको समेत जानकरी दिए।साथै उनले मिर्गौला प्रत्यारोपणको आफन्तले दिने तयार रहेको र तेस्को लागि चेक जांच भईरहेको बताएका छन् । साथै दमौली केशबटार समाजले गरेको सहयोगमा आफु निकै खुशी रहेको बताउँदै सहयोगी मनहरुलाई धन्यवाद दिए।

सामाज परिबर्तनका लागि सम्बाहक बन्दै व्यास-१४ का युवाहरु:

बिकास सामाजमा हुने  सकारात्मक परिबर्तन हो। यसका लागि युवा जनशक्ति र भूमिका निकै महत्वपूर्ण हुन्छ।सव्य समाजको निर्मणमा होमिनु युवाकै हात छ। जसको उदाहरण हो, दमौली केशबटार समाजमा व्यास नगरपालिका वडा नं १४ केशवटारका युवाहरु। युवाहरुले विभिन्न सामाजिक काममा निकै अगाडी र चासोका साथ काम गर्दै समाजमा दुख: पिडामा रहेका र घरको आर्थिक अवस्था नाजुक भएका दीर्घ रोगिहरुलाई सहयोग जुटाउदै आईरहेका छन्। यसले नैतिक तथा भावनात्मक रुपमा समाजका हरेक खालका व्यक्तिहरुलाई समेटेको छ।

हाल समाजको अध्यक्ष बिन्दु आले हुन् भने उनी १ महिना अघि दोस्रो अधिबेशनबाट निर्विरोध निर्बाचित भएका थिए । त्यसअघि भने संयोजक युवाराज आले थिए। आलेले आफ्नो कार्यकालमा समाजको लागि  महत्वपूर्ण भूमिका निर्वाह गर्दै सराहनीय काम गरेका थिए। त्यसका अलवा व्यास-१४ युवाहरु निकै सक्रियता साथ युवा जमात जुटीरहेका छन् ।

समाजको पहलमा यस अघि पनि मिर्गौला पिडित सन्तोष रानालाई उपचारको लागि ३१ लाख भन्दा बढी रकम संकलन गरि हस्तान्तरण गरिएको थियो । काम यतिमा सिमित नभईकन अर्का मिर्गौला पिडित मेगीसरा थापालाई पनि उपचारको लागि दुई लाख १२ हजार ८० रुपैयाँ तेस्तै ११ महिने बालिका सबिना थापालाई ४८ हजार ९ सय १५ रुपैयाँ हस्तान्तरण गरिसकेको अध्यक्ष आलेले दमौली अनलाईनलाई जानकरी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?