काठमाण्डौं : तनहुँको दमौलीबाट प्रकाशित सेतीमादी दैनिकका सम्पादक एवं नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर अधिकारी जनसेवा श्री पदकबाट विभूषित भएका छन् ।
सम्पादक अधिकारीलाई बिहिबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूूषितगरेका हुन् । तनहुँलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेर पदक पाउने सम्पादक अधिकारी पहिलो पत्रकार हो ।
सम्पादक अधिकारीले तनहुँलाई कार्यक्षेत्र बनाएर दुुई दशक देखि पत्रकारिता गर्दै आएको छ । सम्पादक अधिकारीले नेपाल टेलिभिजन ,गोरखापत्र दैनिक , न्यूज २४ ,आदर्श समाज दैनिक लगायतका विभिन्न सञ्चार माध्यममा काम गर्नु भएको थियो । अधिकारीको सम्पादक रहेको सेतीमादी दैनिक विगत १६बर्ष देखि दमौलीबाट प्रकाशित हुँदै आईरहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?