तोलामा पाँच सयले बढ्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको हो ।

बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले बढेको छ ।

बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?