दमौलीको खुल्ला मैदानमा योग विज्ञान शिविर सुरु

दमौली : पतञ्जली योग समिति तनहुँ आयोजन र व्यास  नगरपालिकाको सहयोगमा  दमौलीमा शनिवारदेखि निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ । व्यास –३ स्थित दमौलीको खुल्ला मैदानमा सुरु भएको शिविर  वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

शिविर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने व्यास नगरपालिकाले जानकारी दिएको छ । ‘योग गरौं : निरोगी रहौ’ भन्ने नारासहित योगको बारेमा प्रचारप्रसार गर्दै स्वस्थ रहन उत्प्रेरित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले  बताए ।

जुनसुकै उमेर र क्षमताका महिला तथा पुरुषहरु निरोगी भएमा सधैं स्वस्थ रहन, रोगी भएमा रोगबाट छुटकारा पाउन योगको आवश्यकता रहेको बताइन्छ । तनाव व्यवस्थापन गर्न, सकरात्मक सोचको विकास गराउन, जीवन पद्धतिमा परिवर्तन ल्याउन पनि योग आवश्यक रहेको जनाएको छ ।

शरीरमा रक्तसञ्चार बढाउन, शरीरका सबै अङ्गमा अक्सिजनको मात्रा पु¥याउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन, विभिन्न प्रकारका रोगहरु जस्तै टाउको दुखाइ, कब्जियत हुने, घुँडा दुखाइ, ढाड, कम्मरको दुखाइ, यौनजन्य समस्या, पिसाब संग सम्बन्धित समस्या, स्त्री रोग, प्रोष्टेट ग्रन्थी तथा हर्निया र मधुमेह सम्बन्धी समस्या निराकरणका लागि नियमित योगको आवश्यकता रहेको योग गुरुले  बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?