आफ्नै घाँटी रेटिएर बन्दीपुरमा एक जनाको मृत्यु

दमाैली :  बन्दीपुर गाउँपालिका–३ धोद्रेमा आफ्नै घाँटी रेटिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय लालबहादुर चेपाङ रहेको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।

धारिलो हतियार हँसियाले घाटी रेटिएको अवस्थामा गएराति घाइते अवस्थामा फेला परेका चेपाङको आज उपचारका क्रममा पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक खड्काले बताए ।  प्रारम्भिक अनुसन्धानबाट घर नजिकैको बारीमा गई निजले आफ्नै घाँटी हँसियाले रेटेको खुलेको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा भेटिएका चेपाङलाई डुम्रेस्थित मोती क्लिनिकमा उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो ।

घटना सम्बन्धमा थप थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक खड्काले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?