विरुवा घाटबाट ११ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

दमौली : तनहुँको विरुवा घाटबाट प्रहरीले ११  वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । भिमाद नगरपालिका- ५ मा रहेको विरुवा घाटबाट अबैध रुपमा बालुवा गिट्ठी र ढुङ्गा उत्खन्न  गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भिमादले ११  वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको ट्याक्टर भिमाद नगरपालिकाको कार्यालयमा पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।

नियन्त्रणमा लिएको ग १ त ३४७८, ग १ त ५४७४, ग १ त ५४२८, ग १ त ४६९२, ग १ त ५३३४, ग १ त ४८८६, ग १ त ७१८५, ग १ त ४४४६, ग १ त३३२१, ग १ त ५८८५ र ग १ त ४६३७  नम्बरको ट्याक्टरहरू रहेको प्रहरीले जनाएको छ ।

फाईल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?