भानु ५ को वडा अध्यक्षमा कांग्रेस नेता श्रेष्ठ सबैभन्दा लोकप्रिय

दमौली : विद्यार्थी जिबनकाल देखिनै नेबिसंघमा आबद्ध भएर नेपाली कांग्रेसको सक्रिय राजनीति सुरु गरेका राजकुमार श्रेष्ठ भानु नगरपालिका वडा नं. ५ को वडा अध्यक्षको आकांक्षी भएपछि उमेदवार छनोट समितिलाई दवाव बढेको छ ।

बिद्यार्थी जिबनकाल देखिनै नेबिसंघमा आबद्ध भएका श्रेष्ठले भानु सस्कृत बिद्यापिठ क्याम्पसको नेबिसंघको अध्यक्ष हुदै नेपाली कांग्रेस तनहूँ जिल्ला कार्यसमिति सदस्य रहेको छ ।

स्थानिय नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले लायन्स क्लब लगायत अन्य संस्थाहरुबाट समाजसेवा अग्रिणी भुमिका निर्वाह गरेका  राजकुमार श्रेष्ठलाई नै अगाडि बढाउनुपर्छ , भिजन भएको, स्थानियहरुमाझ लोकप्रिय पनि रहेको र मुख्य कुरा आफ्नो पाटीकालाई मात्र होईन अरु पार्टीका मानिसहरुलाई साथमाा लिएर काम गर्न सक्ने समाजसेवीको परिचय बनाएका श्रेष्ठलाई अगाडि बढाउनुपर्ने सबैको राय छ ।

सधै जनताको कामलाई प्राथमिकता दिएको छु , सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्न कहिल्यै पछाडि हटेको पनि छैन । पार्टीको लागि पनि योगदान गरेको छु । मसग प्राकृति, सांस्कृतिकरुपमा सम्पन्न हाम्रो भानु ५ लाई बनाउने भिजन छ । गाउँमा के युवा , के बृद्ध के पुरुष , के महिला सबैले ल राजकुमार उमेदवार तिमी नै हुनुपर्छ वडा बनाउनुपर्छ भनेको छ त्यसैले पार्टीको तर्फबाट उमेदवार बन्छु भन्ने लागेको उनको भनाई छ।

भानु नगरपालिका एक पर्यटकिय, साँस्कृतिक, एतिहासिक नगरपालिका भएकोले यस क्षेत्रको सडक बिस्तार, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, भौतिक, प्रविधि र साँस्कृतिक तथा जन चेतनास्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता भएको र जुनसुकै काम पनि सफलता पूर्वक गर्ने गरेकोले युवा नेता राजकुमार श्रेष्ठको आबश्यकता रहेको र सम्पूर्ण वडाबासीहरुले समेत राजकुमार श्रेष्ठले यो वडा बनाउने भएकाले श्रेष्ठलाई उमेदवार बनाउन जरुरी रहेको उक्त क्षेत्रकै नेपाली कांगैसका एक युवा नेता बताएको छ ।

उक्त क्षेत्रका आमसर्वसाधारण मा  निसहरुसग प्रत्यक्ष भेटघाट गर्दा र चौतारी , पसल , मेलापात हिड्नेहरुसग प्रत्यक्ष भेटेर राय लिदा मिलनसार, स्पष्टवक्ता , सामाजिक कार्यमा अग्रिणी राजकुमार श्रेष्ठ भानु वडा नं. ५ मा नेपाली कांग्रेसका अन्य आकांक्षीहरुभन्दा निकै बलियो र लोकप्रिय आकांक्षीको रुपमा देखिएको छ ।

उक्त वडामा नेपाली कांग्रेसको तर्फबाट राजकुमार श्रेष्ठ, नकुल अधिकारी, मनिलाल श्रेष्ठ, दिपक थापा, शैलेस खाति र सुजन बिष्ट वडा अध्यक्षको आकांक्षी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?